Visitor Count

.

तमाम ती सपनाहरु अधुरै अपूरै रह्यो

  • तमाम ती सपनाहरु अधुरै अपूरै रह्यो Download
डाउनलोड गर्न माथिको Download लिंकमा क्लिक गर्नुहोस् र खुलेको पेजमा Right Click गरी Save As अप्सन छान्नुहोस् र अडियो फाइललाई Save गर्नुहोस् ।


तमाम ती सपनाहरु अधुरै अपूरै रह्यो
तिमीप्रति मलाई निकै–निकै नै भरोसा थियो

दुनियाँले भन्ने गर्थे सपना त झुटो हुन्छ 
सपनामा हाँस्ने मान्छे विपनामा सधैं रुन्छ
छिनमै रंग फेर्ने मायाँ छातीभित्र बल्झिरह्यो
तिमीप्रति मलाई निकै–निकै नै भरोसा थियो 

बर्षातको झरीसरि आँखा मेरा रसाउँछन् 
हेर्छु सधैं तस्बीर तिम्रो यादहरुले सताउँछन्
थामिएन आँसु मेरो अविरल बगिरह्यो 
तिमीप्रति मलाई निकै–निकै नै भरोसा थियो 

तमाम ती सपनाहरु अधुरै अपूरै रह्यो
तिमीप्रति मलाई निकै–निकै नै भरोसा थियो
तमाम ती सपनाहरु अधुरै अपूरै रह्यो