- कार्यक्रम बुलबुल डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्
...मैले औसत साहित्य, संगीत र सिर्जनाहरु समस्त लोक ढुकढुकीहरुमा बस्न सकेको पाएको छु, जुन वैचारिक र सुखदभन्दा पनि दुःख र पीडाको दर्दयुक्त मुटु च्यातेर निस्केका भावनाहरुबाट बनेका छन् । शीतल कादिम्बिनीका गजल रचनाहरु त्यस्तै लाग्छन् । जीवनमा एउटा त्यस्तै परिस्थितिले सायद कादिम्बिनीलाई साहित्यकार अथवा भनौं गजलकार बनाएको थियो । मैले यस्तै महशुश गरें । साहित्यकारहरुमा भावनात्मक संवेदनशीलता बढी हुन्छ । त्यही संवेदनशीलताको उब्जनी हो भावना र साहित्य सिर्जना । कार्यक्रमको उत्तरार्धमा कादिम्बिनीको भावुकता पोखिंदा यता आफै पनि पोखिएको थाहै भएन । कादिम्बिनीलाई उठाइदिने अच्यूत घिमिरे थियो । मलाई कसैले उठाएनन् । मेरो भावुकता अर्थहीन भै पोखिईरह्यो, पोखिईरह्यो ।