विदेशी बसाईमा छु, सही कुरा हो । मजदूरी यात्राको विदेशी बसाईमा विवश भएर भोग्नुपर्ने बाध्यतामा समय निकाल्न नसक्दा समयमै प्रतिजवाफ दिन नसकेकोमा सर्वप्रथम माफी चाहन्छु । त्यस्तै छ भन्ने जान्दा जान्दै त्यस्तैको चुनावी प्रचारवाजी गरेको सन्दर्भमा मैले प्रतिक्रिया दिएको थिएँ ।
अभिब्यक्तिहरुमा कति प्रतिशत ढोंगी आदर्शका कुराहरु गर्ने र कति प्रतिशत वास्तविकताका कुरा गर्ने भन्ने काँग्रेसी नियम त मलाई थाह हुने कुरै भएन । न मजस्तो अल्पशिक्षित ब्यक्तिले अभिब्यक्तिहरुमा त्यसरी आदर्शका कुरा कुन र कुन वास्तविक पाटोका कुरा भनेर सुक्ष्मतम अध्ययन र विश्लेषणद्वारा पृथकीकरण गर्ने क्षमता नै राख्दछु । आफ्नो धारणा राख्ने क्रममा यथार्थको पाटो उजागर गर्दा अज्ञानताका कारण आदर्शका कुरा पनि समिश्रण हुनपुगे होलान् । जुन कुरालाई कुटिलतापूर्ण चतु¥याईले पोख्त प्राज्ञकला भएका विज्ञहरुले सजिले पकडिदिन्छन् । कुटनीति, रणनीति, राजनीति र तयसभित्रका फोहरी खेलहरु बुझ्न सक्ने गिदी लिएर जन्मेको भए सायद आज म पनि स्वदेशमै हुन्थें होला । यद्यपि प्रसंगवश माथि प्रस्तुत भएका मेरा अर्थहीन प्रतिक्रियात्मक अभिब्यक्ति कुनै आदर्शप्रति लक्षित थिएन । बरु यथार्थको उजागर प्रयास नै थियो । जसको स्वीकारोक्ति तपाईको अभिब्यक्ति पनि नदिएको हैन । यथार्थ चाहे नेपाली भूमिबाट बोलियोस्, चाहे खाडीको खडेरीमा खंग्रङ परेर पसिनै–पसिनाले भिजेको नाजुक अवस्थामा प्रवासी भूमिबाट बोलियोस्, त्यो यथार्थ, यथार्थ नै हुन्छ । त्यसमा आपत्तिको अप्रत्यक्ष उद्घोष गर्नुपर्ने आवश्यकता हुन्छ जस्तो मलाई लाग्दैन । तसर्थ यसको गहन आशय बुझ्न मलाई अथवा जो कोहीलाई कुनै गाह्रो हुने कुरै भएन । प्रष्टोक्ति नै दिनुपर्दा विभिन्न वाध्यता र विवशताले बिदेशिन बाधय आम प्रवासीहरुप्रति स्वदेशवासीहरुले राख्ने गरेको उपेक्षापूर्ण दृष्टिकोण र त्यसको यो प्रतिनिधि प्रसंगप्रति मेरो आपत्ति पनि छ । यसले साँच्चै मलाई निकै मर्माहत बनायो ।
बाध्यता थियो, विवशता थियो, क्षमता थिएन, समय–सापेक्ष आफूलाई ढाल्न सक्ने कला भएन तर स्वदेशमै बस्ने मन भने नभएको हैन । हर परिस्थितिको बहुअर्थी विश्लेषण र ब्यावहारिकताको आत्मसात् गर्ने क्षमता नभएको मजस्तो निम्नस्तरको बुद्धुले घर–परिवारलगायत अत्य अग्रजहरुबाट पाएको नैतिक शिक्षा र साँघुरो परिवेशमा हुर्कदा पाएको संस्कार सोही परिस्थितिअनुरुप बदलेर विकसित प्रयोग गर्न नसक्दा सोझो शैलीमा फोहरी प्रतिष्पर्धाको धरातलमा आफूलाई उभ्याउन सकिन । फलतः तपाईको तात्पर्यबमोजिम नै स्वदेशमा टिक्न नसकेरै विदेश भासिएको हुँ, प्रवासतिर पलायन भएको हुँ । यसमा मेरो पनि स्वीकारोक्ति छ । तथापि प्रवामा पलायन हुदैमा पलायन हुनेहरु गैह्र नेपाली जस्तै हो, त्यो म मान्न तयार छैन । प्रवासमा रहनेहरुले पनि आफ्नो देशप्रतिको कर्तब्य पूरा गरेकै हुन्छन् र देशलाई योगदान दिएकै छन् । आज मुलुकको अर्थतन्त्र नै रेमिट्यान्सले धानेको छ भनिन्छ । रेमिट्यान्सकै क्षेत्रमा कयौं रोजगार–स्वरोजगारहरु सिर्जना भएका छन् । बाँकी अन्य थुप्रै होलान्, त्यो म जान्दिन ।
यस हिसावले हेर्दा पनि देशप्रति र देशको राजनीतिक घटना परिवेश र परिस्थितिप्रति स्वदेशमा रहेकाहरुले जति चासो राख्न पाउँछन्, प्रवासमा रहनेहरुको पनि उत्तिकै अधिकार हुन्छ । प्रवासी नेपालीहरु जहाँ पुगेपनि उसको राष्ट्र नेपाल नै हो र राष्ट्रियता नेपाली नै । ‘नेपाली हुँ’ भनेर आफ्नै राष्ट्रियता बोकेर नेपालीहरु विश्वका कुना–कुनासम्म पुगेका छन् । जहाँ पुगेपनि नेपाली मन र नेपालीपन नै छ उनीहरुमा । बरु स्वदेशमा बस्नेहरुलाई देशको मायाँ र पीडा त्यति अनुभूत नहोला, ‘पानीको महत्व र प्यासको पीडा त्यतिबेला मात्र महत्वपूर्ण हुन्छ, जतिबेला पानीको अभाव हुन्छ’ भनेझैं नेपाली मायाँ, नेपाली मन अनि नेपालीपनका े पीडा प्रवासीहरुले राम्रोसँग अनुभूत गरेका हुन्छन् । त्यो पीडासँग अब म पनि अपरिचित छैन । वास्तवमा यो पनि सत्य होला कि, ‘पोखरीको विस्तार, पोखरीमा भएका जलप्राणीहरु र तिनीहरुको बीचमा चल्ने सम्पूर्ण गतिविधिहरु त्यहाँ रहेका भ्यागुता, सर्प लगायत हिंस्रकदेखि अहिंस्रकसम्मका अन्य जलप्राणीहरुको बीचमा रहेको माछालाई भन्दा सोही पोखरी बाहिर बसेर हेर्ने मुसालाई बढी थाह हुन्छ ।’ तसर्थ प्रवासीहरुले पनि यथार्थ र त्यसभित्रका गतिविधिहरुको आँकलन उत्तिकै गरेका हुन्छन् । त्यसकारण प्रवासी भयो भन्दैमा ‘विदेशमा बसेर आदर्शका कुरा गरेर ...’ भन्नु त्यति उचित र सान्दर्भिक लागेन ।
अब कुरा रह्यो राजनीतिक सन्दर्भको, नेतृत्व चयनको । स्वार्थको लागि द्धैध चरित्रसमेत प्रदर्शन गरेर जसले जुन चरित्रहरु दर्शाएपनि समयको माग परिवर्तन नै हुन्छ । परिवर्तनकामी हरेक वामपन्थी, उग्रवामपन्थी अथवा क्रान्तिकारी विचारधारामा आस्था राख्ने ब्यक्तिहरुले प्रष्टसँग बुझेका छन् कि नेपाली काँग्रेस परिष्कृत सामन्तवादी पार्टी हो, यथास्थितिवादी पार्टी हो । नेपाली राजनीतिक इतिहासको लामो कालखण्डमा शासकत्व अपनाएको पार्टीभित्र केही नगन्य ब्यक्ति र तिनले गरेका उपलब्धीहरु नकार्न नसकिएपनि समग्र काँग्रेसी राजनीतिभित्र भ्रष्टाचार मौलाएकै हो, भ्रष्टाचार र स्वार्थ लुट्ने संस्कारको विकास काँग्रेसले नै गरेको हो । गुण्डागर्दी, लुटपाट, हत्यारालाई राजनीतिक संरक्षण दिने प्रथा नेपाली काँग्रेसले नै चलाएको हो । हाम्रा अगाडि इतिहास साक्षी छन् । जसको पुष्टि पछिल्लो पटक कानुनबमोजिम भ्रष्टाचारको सजाय भोगेर १४ महिने जेल जीवनबाट बाहिर निस्किएका नेपाली काँग्रेसका भ्रष्टाचारी नेता खुमबहादुर खड्कालाई स–सम्मान स्वागत गर्दै गरिएको फूलमाला र अबिरजात्राले राम्रोसँग पुष्टि गर्दछ । यसले भ्रष्टाचारीलाई सम्मान गर्ने पार्टीको रुपमा नेपाली काँग्रेसलाई परिचय गराउदै भ्रष्टाचारको संरक्षण र प्रोत्साहन गर्न पार्टीको हरेक तह र तप्काका कार्यकर्ताहरुसम्म आन्तरिक सन्देश प्रवाह गरेको छ । त्यसकारण हात्तीको देखाउने दाँत जस्तो भएपनि पार्टीको आन्तरिक नीति नै भ्रष्टाचार हो भन्न पनि मलाई हिच्किचाहट लाग्दैन । एकजना मित्रले भनेको प्रसंग यतिबेला याद आयो, ‘पैसावालको पार्टीभित्र जसको शक्ति, उसकै भक्ति’ भन्ने उक्ति प्रतिविम्बित हुन्छ । किन परे आजसम्म कुशल काँग्रेसी राजनीतिका होनहार युवाशक्ति गगन थापाहरु पछाडि ? क्षमताका कुरा गर्नेहरुले के गगन थापाहरुभित्रका क्षमताहरु पहिचान र मुल्यांकन गर्न नसकेकै हुन् त ? बासी भैसकेको हिजोको वि.पी कोइराला र गिरिजा बाबुको उदाहरण दिएर राजनीति टिकाउन खोज्ने, वि.पी को समाजवादको सिद्धान्त घोकाएर समाजवादकै पालना नगर्नेहरुको संविधान–सभाजस्तो महत्वपूर्ण निर्वाचनमा अब वि.पी र गिरिजाको कार्यमुल्यांकनकै आधारमा गरिने चुनावी विजयले समग्र राष्ट्रिय कायापलट पक्कै हुदैन । राष्ट्रिय प्रजातन्त्र पार्टीको अघोषित भातृ–संगठनको रुपमा लिन सकिने नेपाली काँग्रेसभित्र सार्वजनिक नीति जस्तोसुकै भएपनि आन्तरिक नीति यथास्थितिवादी सामन्तवाद हो ।
हिजो संविधान–सभाको निर्वाचनमा मैले पनि पहिलोपटक भाग लिएको थिएँ । मैले भनें, “यसपालि म नयाँ राजनीतिक शक्तिलाई मत दिन्छु ।” बुवाले भन्नुभो, “हैन, हैन । बाजेको पालादेखि हामीले रुख चिन्हमा भोट हाल्दै आएका छौं । यसपालि पनि यसैमा हाल्नुपर्छ । तैले पनि त्यसैमा हाल् ।” गाउँघरमा ‘यसपालि के मा भोट दिनुहुन्छ ?’ भन्ने मेरो जिज्ञासामा पनि यस्तै प्रतिक्रिया आएको थियो । मतदान केन्द्रमा समेत काँग्रेसी अनुहार र काँग्रेसी सिफारिसले बनेका अन्य पार्टी–प्रतिनिधिहरु थिए । मैले यो प्रसंग जोडेर उठान गर्न खोजेको कुरा के हो भने, काँग्रेसको अघोषित हाम्रो ग्रामीण राज्यमा ग्रामीण जनताहरुलाई आफ्नो एकाधिकारी वर्चस्वमा लादेको एकलौटी शासकत्वले नेल्सन मण्डेलाअगाडिका काला जातिहरु बनाईदिएका छन् । जहाँ उनीहरुलाई आवश्यकताअनुसार प्रयोग गर्न सकियोस्, उनीहरुमाथि शोषण गर्न सकियोस्, शासन लाद्न सकियोस् । परिवर्तनले यी सब अधिकार र अवसर खोसिने एक किसिमको डर छ उनीहरुलाई । काँग्रेसी जहाँनिया रजाई र आसेपासे चाकडीवालहरुको चलखेल मात्र किन टिक्छ त्यहाँ ? त्यसकारण सामन्तहरुलाई संविधान–सभामा प्रतिनिधिको रुपमा पठाएर पक्कै पनि सामन्तकै पक्षमा संविधान बन्नेछ । जुन केही वर्षमै २०४७ सालको संविधानजस्तै अर्को संविधानको पुनर्लेखनको आवश्यकता खट्किनेछ । यसरी हेर्दा संविधान सभाका लागि काँग्रेसी विजयले सर्व–साधरणको जनहितमा जनमुखी संविधान नबन्ने निश्चित हो ।
हामीले आजसम्म नेतृत्वलाई खराब भन्दै दोष देखाउदै आइरहेका छौं । तर म नेताहरु मात्र गलत हुन् भन्ने पक्षमा छैन । स्वाभाविक प्रचलनमा हामीले हाम्रो आङको भैंसी कहिल्यै देखेनौं । नेतृत्व चयनको तहमा त हाम्रै हात थियो र हुन्छ नै, हैन र ? तर हामी त्यतिबेला सही नेतृत्व चयनभन्दा पार्टीगत झण्डा बोकेर यसरी नै विभाजित हुन्छौं । नातावाद, कृपावाद, चाकडीवाद, अवसरवादजस्ता वादहरुको पछाडि लागेर राजनीतिकृत बन्छौं । फलतः नेतृत्व असक्षम एवं गलत ब्यक्तिको हातमा पुग्छ । त्यस्तो ब्यक्तिबाट के राष्ट्रको लागि अग्रगामी कदमको अपेक्षा गर्न सकिएला ? अथवा आजसम्म त्यस्तो कुनै राम्रो भन्न सकिने अवस्था छ ? सायद पक्कै पनि छैन । मैले एकपटक कही कतै पढेको थिएँ, ‘राजनीति एउटा फोहरी खेल हो, यसलाई तपाईले फोहरी सम्झेर छाड्नुभयो भने तपाईभन्दा असक्षम र खराब ब्यक्तिहरुले यसलाई झन फोहरी बनाईदिनेछन् ।’ तसर्थ तपाई नेपालमै रहनुहुन्छ । तपाईसँग क्षमता छ, समग्रमा सारा चीज छ । यस्तो स्थितिमा पाटीगत पक्षपोषणका लागि यस्तै हो भन्ने जान्दा–जान्दै राजनीतिक झण्डा बोकेर आधुनिक प्रविधिको चुनावी प्रचार प्रसारमा यसरी लाग्नुभन्दा तपाई आफै नेतृत्वका लागि अगाडि आएको भए कति राम्रो हुने थियो ।
वैरागी जीवनको प्रवासी पीडा पोख्ने पृष्ठभूमि दिनुभएकोमा धन्यवाद दिदै कतै मन दुख्ने गरी गल्ती बोलेको रहेछु भने वालशखा सम्झेर अवश्य पनि क्षमा दिनुहुनेछ भन्ने विश्वाससहित
स्वतन्त्र नागरिकको रुपमा सर्वत्रापमानित ‘स्मृतिरोगी’