कति खानु भारतको प्याज मगाएर
उब्जाउछु आफ्नै बारीभरि लगाएर
कृषि क्रान्ति ल्याउनुछ अब यो देशमा
जनतामा चेतनाको दियो जगाएर
युरोपमा भाँडा माझ्न नलजाउने हो !
यही हेर पसिनाको धारा बगाएर
वेकामी भै बरालिने युवाहरु आओ
आलस्यता, संकोच र धक भगाएर
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’