इच्छाहरु मारेर जिउनु परेको छ
आफैसँग हारेर जिउनु परेको छ
अपेक्षा र सपना उड्न खोज्दा माथि
जवर्जस्ती झारेर जिउनु परेको छ
बस्न खोज्थ्यो मनले एकातिर बास
बासै अन्त सारेर जिउनु परेको छ
कल्पनाको महल बनाएथें ठूलै
भताभुङ्ग पारेर जिउनु परेको छ
बग्छु भन्छ पीडाले आँसु नदी हुदा,
सीधै पारि तारेर जिउनु परेको छ
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
आफैसँग हारेर जिउनु परेको छ
अपेक्षा र सपना उड्न खोज्दा माथि
जवर्जस्ती झारेर जिउनु परेको छ
बस्न खोज्थ्यो मनले एकातिर बास
बासै अन्त सारेर जिउनु परेको छ
कल्पनाको महल बनाएथें ठूलै
भताभुङ्ग पारेर जिउनु परेको छ
बग्छु भन्छ पीडाले आँसु नदी हुदा,
सीधै पारि तारेर जिउनु परेको छ
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’