-गीता थापा
उसले छोरीको जन्मदिएकै पहिलो दिन छिमेकीकी छोरी स्कूलको माष्टरबाट लुटीइ भनेर गाउँ हलियो। त्यो समाचार राष्ट्रस्तरका पत्रपत्रिकामा छापियो। भावीले उसकी छोरीको भाग्य लेख्ने छैटौंको दिन गाउँकै एकजना काकाबाट जंगल गएकी भतीजी उतै लुटीइ भन्ने समाचार सुनी। छोरीको न्वारान गर्ने एघार दिनको दिन कोहि आफन्तै पर्नेको घरमा सुतिरहेकी नातिनी हजुर बाउबाट ओछ्याइनमै लुटीइ भन्ने खबर आयो। यी ...खबरले उसलाई वाक वाक्की लाग्यो। आफ्ना कान बैरा भैदेका भए जाती हुने थियो भन्ने ठानी उसले। तर त्यसो भएन। ऊ सबै सुन्न सक्थी। सुनिरही। छोरी जन्मेको पहिलो दिनदेखि एघार दिनसम्म आइपुग्दा उसले तीनटा डर लाग्दा अपराध सुनी।नसुनेका र दबिएका अझ कति होलान् भनेर कल्पना गरी।उसको मुटु लग्लग्ती काप्यो।
छोरीलाई काखमा लिएर दूध चुसाउन लाग्दा उसको मनमा एउटा सवाल खडा भयो-यो मेरी फूल जस्तै कोमल छोरी। मुटुकी टुक्रा। आफ्ना छाती चुसाइ चुसाइ ठूली पारिन्छ। ठूली भएपछि नर-पिसाचहरूको आहारा बन्नको लागि हो त?उसको सास फुल्यो। धड्कन तेज भयो। निधारमा चिटचिट पसिना आए। ऊ एक्लै बोली-म मेरो दूधको अपमान सहन गर्न सक्तिनँ।बरु यसलाई दूधै नखान्दी आत सुकाएर मारिदिन्छु। उसले छोरीलाई चुसाउन तयार पारिसकेका दूधका मुन्टा पनि चोलो भित्र लुकाएर खिप लगाई। दूधका अविरलधारा चोलो भित्रैबाट सलल बगिरहे।
छोरी आफ्ना कलिला हातले बगेका दूधकाधारा समात्न खोज्दै,मुख मिठ्याउँदै थिइ। बगेका दूधकाधारा समातेर आफ्नो मुखमा राख्ने उसको प्रयत्न असफल भयो।आमाले त्यो दृष्यलाई देखेको नदेख्यै गरेर टार्ने खोजी। ऊ छोरीहरूलाई जन्मनु अगावै भुँडीमा मार्ने कारण यै रछ भनेर घोत्ली। उसकी साथीले पनि पोहोरसाल भिडियो एक्सेर गर्दा उसको गर्भमा छोरी छ भन्ने खबर सुन्नासाथ् एबोर्सन गराएकी थिइ। उसको साथमा ऊ पनि गएकी थिइ। एबोर्सन गर्नु अघि भर्नुपर्ने फारम उसैले भरिदिएकी थिइ।उसले आफूलाई धिक्कारी-मैले यति असुरक्षित बातावरणमा किन छोरीलाई जन्म दिएकी हुलाँ? किन?ऊ आफैँसँग सवाल गर्दै आक्रोशीत भइ। आफ्ना कपाल आफैँ लुछ्न थाली।
आकाशबाणी आयो-त यति विचलित किन हुन्छेस्। मेरा कुरा ध्यानपूर्वक सुन। यो भन्दा अगाडि पनि नारीहरुले कयौं अग्निपरिक्षा पार गरिसकेका छन्।जस्तै बाल विवाह। सतीप्रथा। ज्युँदै जल्नु। हेप्पिनु,कुटिनु,लुटिनु,यो त नियति हो। यसलाई बिडम्वना सम्झेर भाग्नु हुन्न। तैंले तेरी छोरी मार्दैमा समस्याको साबधान हुन्छ भनेर न सोच। तँ पनि त एउटी छोरीनै होस्। अहिले अज्ञानतावश छोरीलाई समस्या ठानेर जन्मनु अगावै भ्रुणहत्या र जन्मेपछि मार्ने,फोहोरमा मिल्क्याउने,कार्य भैराखेको छ। छोरी समस्या छोरा समाधान भनेर सोच्नु अज्ञानता हो। जुन दिन छोरीहरूको संख्या घट्छ। छोराहरूको संख्या बढ्छ। त्यो दिन यै अपराध छोराहरूतिर सर्छ। अनि त्यो दिन यो धर्तीको हालत के होला कहिल्यै सोचेकीछस्?सोचSSSS!
ऊ झल्यास भइ। छोरीलाई आफ्ना दुबै हातले बेस्सरी अँठ्याइ। छातीमा टाँसेर गाला,आँखा,नाक,कान,घाँटी ओठ सबैतिर पालै पालो म्वाइ खाइ। अघिका सारा कुरा सपना जस्ता लागे उसलाई। छोरी आफ्नै
हातका औंला चुस्तै निदाइरहेकी थिइ। उसले आफ्ना दूधको मुन्टो लगेर छोरीको मुखमा राखिदिइ। छोरी निस्सासिँदै घट घटती आमाका गानिएका दूध चुस्न थाली।
ऊ एकटकले आफ्नी फूलजस्ती कोमल छोरीलाई हेरिरही।