Visitor Count

.

अतिथि गजल (मत छिट्टै मर्छु होला)

मत छिट्टै मर्छु होला , रमाएरै बाँच्नु तिमी ।।
नाम सँगै दाम पनि , कमाएरै बाँच्नु तिमी ।।


वरीपरी शुन्य होला , म मोर्दाको पल कतै ।
नरुनु है मुटु आफ्नो थमाएरै बाँच्नु तिमी ।।

उचनिच दायाँ बायाँ , कहि कतै गरे पनि ।
समाजमा आफ्नो हक जमाएरै बाँच्नु तिमी ।।

एक्लैबस्दा एकान्तमा , मेरो याद आयो भने ।
मेरो त्यो रुमाल चिनो ,समाएरै बाँच्नु तिमी ।।

 विवश ज्ञवाली ‘असफलप्रेमी’
तुलसी भञ्ज्याङ–४, स्याङ्जा
हालः दुबई
ब्लगः www.kaligandakionline.blogspot.com
Get the Flash Player to see this player.