Visitor Count

.

देशले हारेको युद्ध (Deshle Hareko Yudda)

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । आज तिमी २०६९ फाल्गुण १८ गते तदनुसार १ मार्च २०१३ शुक्रबार, आज देखि हामी नयाँ गद्य लिएर उपस्थित भएका छौं । आज देखि बाचन हुने गद्यहो हर्क बडायतको उपम्यास देशले हारेको युद्ध । मुल्य रु. २०० रहेको यो उपन्यासलाई ओरिएन्टल प्रकाशन गृहले २०१२मा बजारमा ल्याएको थियो । लोकसंगीतको क्षेत्रमा परिचित युवा हर्क खडायतले उपन्याससमेत लेखेर नयाँ परचिय बनाएका छन्। देशले हारेको युद्ध उपन्यासमार्फत उनले आफ्नो हिंसाविरोधी चिन्तनलाई स्थापित गर्न खोजेका छन् । उपन्यासको नाम नै यसको प्रमाण हो । माओवादीको सशस्त्र संघर्षकालमा नेपाली समाजले बेहोरेको भौतिक(अभौतिक क्षतिको सचित्र वर्णन हो, यो उपन्यास। हिंसाले आक्रान्त पारेको जीवन, खण्डित भएको मानवीय मूल्य र मान्यताप्रति उनले सहानुभूति दर्शाएका छन्। उपन्यासका मूलपात्र अमर र अन्य सहचरत्रिका मुखबाट उनले शान्तिको पक्षमा वकालत गरेका छन् ।

श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : "देशले हारेको युद्ध"

लेखक : हर्क खडायत
विधा : उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

  1. देशले हारेको युद्ध (भाग–१) Click Here to Download

  2. देशले हारेको युद्ध (भाग–२) Click Here to Download

  3. देशले हारेको युद्ध (भाग–३) Click Here to Download

  4. देशले हारेको युद्ध (भाग–४) Click Here to Download

  5. देशले हारेको युद्ध (भाग–५) Click Here to Download

  6. देशले हारेको युद्ध (भाग–६ / अन्तिम) Click Here to Download

#Deshle-Hareko-Yudda