![Certificate-Syangja-Sahayog-Samaj-UAE Syangja-Welfare-Community-UAE](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhsaSw0Z_9WhZK_R3sdSFKZuNJrHwW0JyuZqtdCwYyBqbWCN52HdIsajJsC97B6yBFpKR3B2ihU4TP4CxAd4zJwXrkZ-mcNliYjuKmeIgX3KF2qiUBprKnDg-OcGGnIcvVB9FnK7GNNpuxD/s320-rw/swc_certificate.png)
म खासै कम्प्युटरसम्बन्धी शिक्षा लिएको मान्छे त होइन, अलि बढी टेक्निकल क्षेत्रमा रुचि राख्ने गरेको छु । वालिङ बजारमा आदरणीय गुरु देव बोगटी ज्यूले सञ्चालन गर्नुभएको
ITSA COMPUTER INSTITUTE मा वि.सं. २०५९/६० तिर होला आधारभूत लिएको थिएँ । त्यसपछि पोखरातिर पुनर्ताजगी तालिम गरेको थिएँ । बस् त्यति नै हो । बाँकी इन्टरनेट मेरो साथी बन्न आएदेखि उसैसँग सोध्दै सिक्दै गरेको छु । त्यसको परिणाम हुन् यी ब्लग र यी ग्राफिक्स ।