अँ डोल्मा,
तिमी सपना बोकेर
मुग्लान गएदेखी
गाँउ घरको आँगान रित्तो भएको छ
अर्को साल
बिबशता तोडेरै भएपनि
तिमी आउ है!
डोल्मा,
आजकल मखमलि फूल्न मान्दैन
दर्ज्यु पनि फरफराउन
उस्तै आनाकानी गरीरहेछ
तिम्रो अभावमा
खाप्से स्वादबिहिन भएको छ
पिँढि आफैमा नितान्त एक्लिएको छ
लोप्साँग,ग्याल्बो र पेमा
निराश भोगीरहेछन्
यसर्थ त्यो निर्दयी
प्रबाश बिर्सेर छिट्टै आउ है।
डोल्मा,
सम्भबत:तिमी छिट्टै आऊ
यहाँ
सँस्क्रृति हराउला भन्ने चिन्ताले
गाउँ वस्तीहरु त्रसित छन्
पहिचान मेट्छ कि भन्ने पिँडाले
सिँगो देश भयभित् छन्
तिमीलाई अचम्म लाग्ला
भाषा/लिपि र रितिरिवाजहरु
पहिला जस्तो छैनन भन्दा
तर यथार्थ यही हो
बोलीचालीमा अँग्रेजी मिसावट हुन थालेका छन्
रितरिवाज र जिउने शैलिमा
पाश्चात्य सँस्कार मिसिन थालेका छन्
कतै तिमी पनि डोल्माबाट
डोल्फिन बनिसक्यौ कि
भन्ने आशँकाले
आमा पिर गर्नुहुन्छ,
यसप्रकार,
देश नबिर्स/आफ्नो माटो नबिर्स
आमाप्रतिको प्रणाम र माया नबिर्स
छिट्टै आऊ है!
सुबेन बम्जन
काठमाण्डौं
तिमी सपना बोकेर
मुग्लान गएदेखी
गाँउ घरको आँगान रित्तो भएको छ
अर्को साल
बिबशता तोडेरै भएपनि
तिमी आउ है!
डोल्मा,
आजकल मखमलि फूल्न मान्दैन
दर्ज्यु पनि फरफराउन
उस्तै आनाकानी गरीरहेछ
तिम्रो अभावमा
खाप्से स्वादबिहिन भएको छ
पिँढि आफैमा नितान्त एक्लिएको छ
लोप्साँग,ग्याल्बो र पेमा
निराश भोगीरहेछन्
यसर्थ त्यो निर्दयी
प्रबाश बिर्सेर छिट्टै आउ है।
डोल्मा,
सम्भबत:तिमी छिट्टै आऊ
यहाँ
सँस्क्रृति हराउला भन्ने चिन्ताले
गाउँ वस्तीहरु त्रसित छन्
पहिचान मेट्छ कि भन्ने पिँडाले
सिँगो देश भयभित् छन्
तिमीलाई अचम्म लाग्ला
भाषा/लिपि र रितिरिवाजहरु
पहिला जस्तो छैनन भन्दा
तर यथार्थ यही हो
बोलीचालीमा अँग्रेजी मिसावट हुन थालेका छन्
रितरिवाज र जिउने शैलिमा
पाश्चात्य सँस्कार मिसिन थालेका छन्
कतै तिमी पनि डोल्माबाट
डोल्फिन बनिसक्यौ कि
भन्ने आशँकाले
आमा पिर गर्नुहुन्छ,
यसप्रकार,
देश नबिर्स/आफ्नो माटो नबिर्स
आमाप्रतिको प्रणाम र माया नबिर्स
छिट्टै आऊ है!
सुबेन बम्जन
काठमाण्डौं