Visitor Count

.

पग्लिएनौ पत्थर् पत्र रगतले लेखेपनि

नौनी ठानी मायाँको राप जतिसुकै सेकेपनि,
पग्लिएनौ पत्थर् पत्र रगतले लेखेपनि

कति लेखें प्रेमपत्र कति चाहें भेट्न भनी
भेट हुँदा मनभरि कुराहरु मेट्न भनी
मेरा पत्रहरु त्यसै नपढेर फेकेपनि,
पग्लिएनौ पत्थर पत्र रगतले लेखेपनि

लाग्दैनथ्यो तिमी यतिसम्म कठोर बन्न सक्छ्यौ
चोखो मायाँ मेटाएर यति साह्रै भन्न सक्छ्यौ
मेटेपनि मेरो मायाँ माथि लात टेकेपनि
पग्लिएनौ पत्थर पत्र रगतले लेखेपनि

मेरा प्रेमपत्रहरु त्यसै च्याती फेकेपनि,
पग्लिएनौ पत्थर, पत्र रगतले लेखेपनि

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’