Visitor Count

.

किन चाहियो दुःखीको साथ सुखी भेट्ने भएपछि

किन चाहियो दुःखीको साथ सुखी भेट्ने भएपछि
पानी किन पेप्सीकोला प्यास मेट्ने भएपछि


दुःखी रोजे जिन्दगीमा पीडै–पीडा दुःखै–दुःख
सुखी रोजे जिन्दगीमा मोजमस्ती सुखै–सुख
सुखी रोजे चाहेजस्तो खुशी भेट्ने भएपछि
पानी किन पेप्सीकोला प्यास मेट्ने भएपछि

दुःखियाको घर हुन्न भर पनि हुन्न भन्छन्
सुखियाको शानै बेग्लै सबैतिर नामी गन्छन्
सुखी रोज शान, सुख, खुशी भेटेने भएपछि
पानी किन पेप्सीकोला प्यास मेट्ने भएपछि

किन चाहियो दुःखीको साथ सुखी भेट्ने भएपछि
पानी किन पेप्सीकोला प्यास मेट्ने भएपछि

दुःखी योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
(प्यारभन्दा पैसा प्यारो लाग्न थालेपछि स्मृतिरोगीले सहन बाध्य धारिलो वचन)